संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
स्थानीय समाजसेवी, बुद्धिजीविहरुको अथक प्रयास पश्चात मिति २०६७/०२/०९ मा स्थानीय समाजसेवी श्री रवि थापाज्यूको अध्यक्षतामा स्थानीय बुद्धिजीवि तथा शिक्षाप्रेमी श्री कुशुम न्यौपानेलाई संस्थापक प्र.अ. पदमा नयुक्ति गरी विधिवत रुपमा उद्घाटन गरी स्थापना गरिएको हो ।सोही वर्ष श्रावण महिनाको ५ गते कक्षा १ को अनुमति प्राप्त गरी कक्षा ५ सम्म सञचालन गर्ने लक्ष्य राखी स्थापना गरिएको थियो । यस विद्यालयको नामाकरण स्थापना कालमा नमुना प्राथमिक विद्यालय रहेको र यस विद्यालय सेवा क्षेत्र भित्र रहनु भएका स्थानीय शिक्षाप्रेमी श्री कृष्ण प्रसाद पौडेलज्यूले ईटालीमा रही कामको सिलसिलामा दिवंगत हुनुभएका उहाँका ज्येष्ठ सुपुत्र स्व. रामजी पौडेलको स्मृति विद्यालयको स्तरोन्नतिको लागि ३ कोठे पक्की भवन र ३३ थान डेस्कबेन्च हस्तान्तरण गर्नु भएकोले शिक्षा ऐनको नियमानुसार यस विद्यालयको नामको पछाडी राम थप्न मिल्ने व्यवस्था भएकोले प्रक्रियागत ढङ्गले विद्यालयको नाम मिति २०७५/०४/०१ गते देखि लागू हुने गरी श्री नमुना रामजी आधारभूत विद्यालय राखिएको हो । यो विद्यालय कञ्चनपुरको सदरमुकाम भिमदत्तनगरबाट करीब ६० कि.मी. दक्षिणपूर्व, कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सिमा बसही बजार सँग सिमाना जोडिएको तथा धनगढी उपमहानगरपालिकाबाट झण्डै १५ कि.मी. पश्चिमपट्टी पुनर्वास नगरपालिका वडा नम्बर ४ मा नमुना महिला सामुदायिक वनको काखैमा अवस्थित रहेको छ ।यस विद्यालयको उत्तरतर्फ IBRD बजार रहेको छ ।
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।